सफलताको कथा

विदेश निर्यात हुन्छ यो नेपाली चिया

विदेश निर्यात हुन्छ यो नेपाली चिया

घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि दुई सय ८०[Read More…]

केराले ल्यायो समृद्धि

केराले ल्यायो समृद्धि

सर्लाही र रौतहट जिल्लाको सीमा वागमती नदीले बनाएको सयौं विगाह बगरमा किसानले व्यवसायिक केरा खेती गर्न थालेका छन् । जिल्लाको दक्षिणी पश्चिम क्षेत्रमा पर्ने मानपुर, सुन्दरपुर चोहर्वा, हजरिया, हरकठवा लगायत गाविसस्थित वागमती नदी र एकादसी खोलाबीचको सयौं विगाह बगरमा किसानले केरा खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत एवं कृषि सेवा केन्द्र बरहथवाका प्रमुख देवानन्द रायले जानकारी दिनुभयो[Read More…]

सुरु भयो प्राकृतिक ग्याँसको उत्पादन

सुरु भयो प्राकृतिक ग्याँसको उत्पादन

लामो समयदेखि चर्चामा रहेको ललितपुरको ग्याँस उत्खनन् उद्योगले उत्पादन सुरु गरेको छ । अाजदेखि ललितपुरको इमाडोलमा प्राकृतिक ग्यास (मिथेन) उत्पादनको काम सुरु भएको छ । उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न ड्रिलिङको काम सकिसकेको छ । यद्यपि ओलीले भाषण गरेपछि इमाडोलमा तीब्रताका साथ काम भएपछि उत्खनन् सम्भव भएको हो । विभागले २ वर्षदेखि ड्रिलिङ गरिरहेको[Read More…]

यो हो नि त पाउलोनियाबाट कमाउने तरिका

यो हो नि त पाउलोनियाबाट कमाउने तरिका

पाउलोनियाबाट मनग्गथे कमाउन सकिन्छ भन्ने चर्चा यतिबेला मिडियामा व्यापक छ तर कसरी हो भन्ने ज्ञानको अभावमा धेरै भ्रमहरु पनि गएका छन् । यथार्थको अवस्थाका लागि स्थलगत रिपोर्टिङ्गमा आधारित समाचार स्रोतका अनुसार लेखनाथ नगरपालिका १७ चैनपुरका किसान खगेन्द्र अधिकारीको कथामा आधारित यो समाचार हेर्दा उपयुक्त हुन्छ ।  सम्भावनाको खोजी गर्दै माटोसँग खेल्न जान्ने हो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने[Read More…]

जुम्लाको अर्गानिक स्याउ राजधानीमा

जुम्लाको अर्गानिक स्याउ राजधानीमा

जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ राजधानी भित्रिएको छ। काठमाडौं उपत्यकाका प्रमुख चोकहरुमा जुम्लाको अगार्निक स्याउको बिक्री सुरु भइसकेको छ। एस डिके एप्पल गार्डेनिङ्गले विगत ४ वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री वितरण गरिरहेको छ। जुम्लाको ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफूल पसलहरुबाट प्रतिकिलो  १ सय ४० देखि १ सय ६० रुपैयाँमा खरिद गर्न सकिने एस डिके एप्प्ल गार्डेनिङ्गका सञ्चालक दिनेश खड्काले[Read More…]

‘ब्राण्डिङ’पछि मुडेको आलु राजधानीमा ७० हजार केजी खपत

‘ब्राण्डिङ’पछि मुडेको आलु राजधानीमा ७० हजार केजी खपत

जिल्लाको पूर्वी हिमाली गाउँ जेठल(मुडे)मा उत्पादित मुलुककै पहिलो ब्राण्डेड आलु राजधानीमा मात्रै तीन महिनामा ७० हजार किलो खपत भएको छ। यस वर्षको सिजनमा सो परिमाणको आलु राजधानीमा खपत भएको हो। गाउँमा उत्पादित आलुलाई साना किसान तथा कृषि सहकारी संस्थाले कालीमाटी फलफूल तथा तरकारी बजारलगायत संकलन केन्द्रमा पुर्याउने गरेको छ। जेठदेखि ब्राण्डलाई समेटेर आलु बिक्री गरिरहेको साना किसान तथा कृषि सहकारी संस्थाका[Read More…]

दूध बेचेर दुई लाख आम्दानी

दूध बेचेर दुई लाख आम्दानी

कुनै समय गाउँमा जमिनदारको खेतमा परिश्रम गरेर परिवारको लालनपालनमा दिन बिताउने कञ्चनपुरको देखतभूली गाविस–६ का शिवचरण राना यतिबेला दूध बेचेरै दुई लाख आम्दानी गर्न थालेका छन्। घरको आर्थिक अवस्था कमजोर हुँदा वैदेशिक रोजगारीमा जान खोजेका उनले पछिल्लो समय गाउँका किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्न थालेका छन्। “परिश्रमी हातलाई पैसा कमाउन विदेश नै जानु पर्दैन, काम गरे गाउँमै पनि[Read More…]

कत्ले सिमसार पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने

मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन्। मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन्। चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब आठ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ता सिमसार संरक्षणमा उत्साहित भएका हुन्।  सिमसार[Read More…]

उदयपुरमा केरा उत्पादन बढ्यो

उदयपुरमा केरा उत्पादन बढ्यो

यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन्। जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ। यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पनि नलागेको र हावाहुरीले पनि बोटलाई क्षति नगरेका कारण सुरुदेखि नै उत्पादन राम्रो रहेको हँडिया–५ का सुकाई चौधरी[Read More…]

दूध बिक्रीबाट मासिक डेढ लाख आम्दानी

दूध बिक्रीबाट मासिक डेढ लाख आम्दानी

स्याङ्जाको तिन्दोबाटे–६ झोल्पेका किसान टेकबहादुर दर्लामीले दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्छन्। सतहत्तर वर्षीय उनी हाल सातवटा मुर्रा जातका भैँसीबाट दैनिक ३५ लिटरसम्म दूध बिक्री गर्छन्। “काम गर्न उमेर छेक्दैन गर्नका लागि जाँगर हुनुपर्यो,” वृद्ध किसान दर्लामी भन्छन्– “उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन घरसँगै डेरी जोडिएकाले त्यही डेरीमार्फत दैनिक दूध बिक्री गरिरहेछु।” घरमा आफू र[Read More…]