हरित उद्यम

पच्चीस लाख अलैँची बिरुवा विक्री गर्दा २ कराेडभन्दा बढी अाम्दानी

पच्चीस लाख अलैँची बिरुवा विक्री गर्दा २ कराेडभन्दा बढी अाम्दानी

जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा विक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट  दुई करोड  रुपैयाँभन्दा बढी मूल्यका बिरुवा  विक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिए ।  जिल्लाका विभिन्न नर्सरीमा करीब  ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महीना उपयुक्त समय हो । अझै बिरुवा  विक्रीका क्रममा रहेको छ । जिल्लाबाट स्याङ्जा, गोरखा,[Read More…]

काभ्रेमा धानको उत्पादन दोब्बर बढ्यो

काभ्रेमा धानको उत्पादन दोब्बर बढ्यो

काभ्रेपलाञ्चोकमा कृषकले एसआरआई प्रविधिमा गरेको धानखेतीबाट दोब्बर उत्पादन भएको छ । परीक्षणका रुपमा मण्डनदेउपुरमा सो विधिबाट धानखेती गरिएको थियो । कम लगानीमा बढी उत्पादन लिएको स्थानीय कृषक गोविन्द नेपालले बताए। “कम लगानी र कम श्रमशक्ति खर्चेर बढी आम्दानी लिन सफल भएका छौँ, कृषकको यसप्रतिको आर्कषण बढेको छ” उनले भने। तीन वर्षदेखि सो प्रविधिको प्रयोग गरी धानको उत्पादन गरेको कृषकले बताएका[Read More…]

व्यावसायिक भेडापालनको लागि अनुदान

व्यावसायिक भेडापालनको लागि अनुदान

जिल्ला पशुसेवा कार्यालयले कालीगण्डकी क्षेत्रका भेडापालक कृषकका लागि चालू आर्थिक वर्षमा ७० लाख अनुदान रकम परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजननयोग्य थुमा वितरणलगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताए। भेडापालनलाई थप व्यावसायिक बनाई[Read More…]

टनेलमा गोलभेँडा खेतीबाट लाखौँ आम्दानी

टनेलमा गोलभेँडा खेतीबाट लाखौँ आम्दानी

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभेँडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ। प्रत्येक वर्ष सातदेखि १५ लाख बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएको अगुवा किसान डोलबहादुर घर्ती बताउँछन्। गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउने व्यवस्था गरेपछि तरकारी उत्पादन गर्ने किसानले[Read More…]

एक लिटर दुध उत्पादन गरे एक रुपैयाँ अनुदान

एक लिटर दुध उत्पादन गरे एक रुपैयाँ अनुदान

कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई १८ लाख ७५ हजार रुपैयाँ रकम प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख[Read More…]

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

पाल्पाका कृषक धेरै आम्दानी लिन हिजोआज स्थानीय जातको बीउको सट्टा उन्नत जात (हाइब्रिड)को बीउ प्रयोग गर्न थालेका छन् । तरकारी, खाद्यान्न, फलफूलको व्यावसायिक रुपमा खेती गर्ने कृषकले  स्थानीय जातको तुलनामा उन्नत जातको बीउबाट उत्पादन राम्रो लिन सकिने भएकाले यसतर्फ आकर्षित भएका हुन् । कृषकले खाद्यान्न बालीअन्तर्गत धानमा स्थानीय जातको विकल्पमा उन्नत जातको यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता बीउको प्रयोग[Read More…]

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगेकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन । म्याग्दीको विभिन्न ठाउँमा रहेको नर्सरीमा उत्पादित २५ हजार बिरुवा कृषकलाई अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई हजार ५०० कागतीका बिरुवा भने गोरखाबाट ल्याएर वितरण गरिएको छ । यसअघि म्याग्दीमा सुन्तला[Read More…]

यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान

यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान

कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् । खेती गर्न गोरु पाल्नैपर्ने बाध्यताबाट टाढा रहन किसानले ट्र्याक्टरलगायत उपकरणको प्रयोग बढाएका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । कार्यालयको कृषि[Read More…]

जग्गा बन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला

वर्सेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–३ घाहाचोकस्थित भलाबोट फाँटमा अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थामार्फत उनीहरूले एक दशकदेखि सामूहिक बदाम खेती गर्दै आएका हुन् । घाचोकका अधिकांश घरमा बदाम खेती गर्ने प्रचलन छ । त्यही बदाम बिक्री गरी[Read More…]

५१ लाख रुपैयाँको लागतमा अलैँची खेती

देउमाई नगरपालिकामा ‘अलैंची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको ५१ लाख ३४ हजार तथा सहकारीको २० लाख ४९ हजार रुपैयाँको लागतमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार सो परियोजनामार्फत ट्र्याक्टर, मिनी पावर ट्रिलर, घाँस टुक्र्याउने मेसिन, पानी तान्ने मोटरलगायत सामाग्री उपलब्ध गराइएको छ । देउमाई नगरपालिकाका[Read More…]