हरित खबर

इलाममा पहिलोपटक दूध दुहुने मेसिन भित्रियो

इलाममा पहिलोपटक दूध दुहुने मेसिन भित्रियो

सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्योदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् । इटालीमा[Read More…]

बाँकेमा व्यवसायिकरुपमा मुङखेती सुरु

बाँकेमा व्यवसायिकरुपमा मुङखेती सुरु

बाँकेमा पहिलो पटक व्यवसायिकरुपमै मुङ दालकोखेती सुरु गरिएको छ । दालबालीको उत्पादन बृद्धि गर्न र माटोको उर्बराशक्ति बढाउन बाँके जिल्लाको चिसापानी, हिरमुनिया, नौबस्ता, बनकटुवा लगायतका गाबिसमा करिब ३२ बिघा जग्गामा व्यवसायिकरुपमा मुङको खेती सुरु गरिएको हो। मुङ एक किसिमको कोसेबाली हो। नेपालमा दलहन बालीको उत्पादन बढाउन जिल्ला कृषि बिकास कार्यालय, कोसेबाली बिकास कार्यक्रमले कृषिको क्षेत्रमा काम गर्ने सिसा, किसान लगायत[Read More…]

by May 27, 2016 0 comments हरित खबर
बाह्रै महिना सिँचाइ सुविधा

बाह्रै महिना सिँचाइ सुविधा

लिफ्ट सिँचाइ योजना निर्माणसँगै जिल्लाको डुरुवा–१ सरैयाका बासिन्दाको जमिनमा बाह्रै महिना सिँचाइको सुविधा भएको छ। साना सिँचाइ समूहअन्तर्गत निर्माण भएको लिफ्ट सिँचाइ योजनापछि बाह्रै महिना जमिनमा सिँचाइ हुने गरेको योजना निर्माण समितिका अध्यक्ष एवम् स्थानीयवासी गुरुप्रसाद डाँगीले बताए। मोटरबाट चौवाखोलाको पानी गाउँसम्म पु¥याएर करिब ३२ बिघा जमिन सिञ्चित गरिएको छ। सांसद डिल्लीबहादुर चौधरीको तीन लाख तथा स्थानीयवासीको गरी पाँच लाखको[Read More…]

by May 16, 2016 0 comments हरित खबर
धानको उत्पादन बढाउन सरकारद्धारा बिउमा ४० प्रतिशत अनुदान

धानको उत्पादन बढाउन सरकारद्धारा बिउमा ४० प्रतिशत अनुदान

धानको उत्पादन बढाउन नेपाल सरकारले यो वर्ष किसानहरुलाई धानको उन्नत बिउमा ४० प्रतिशत अनुदान दिएको छ। राष्ट्रिय बिउबिजन कम्पनीले अनुदानको धानको बिउ कृषि सहकारीहरु मार्फत किसानहरुलाई धमाधम बितरण गरि रहेको छ । उन्नत जातको बिउ लगाएर खेती गर्दा धानको उत्पादनमा २० देखि २५ प्रतिशत सम्म बृद्धि हुने भएकाले धान खेतीमा किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले धानको बिउमा अनुदान दिन सुरु[Read More…]

by May 16, 2016 0 comments हरित खबर
दालचिनीबाट वार्षिक दुई करोड भित्रियो

दालचिनीबाट वार्षिक दुई करोड भित्रियो

कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन्। जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त रहन्छन् । बर्सेनि प्रतिपरिवारले रु दुई लाखभन्दा बढीको बोक्रा बिक्री गर्छन्। दालचिनीको आम्दानीलाई स्थानीयवासीले गाउँमा मोटरबाटो निर्माण, विद्युतीकरण लगायतका[Read More…]

by May 13, 2016 0 comments हरित खबर
पाँच युवाले सुरु गरे सामुहिक बङ्गुरपालन

पाँच युवाले सुरु गरे सामुहिक बङ्गुरपालन

दिनहुँ सयौँ युवा रोजगारका लागि विदेशिएका बेला वालिङ नगरपालिका तथा थुमपोखराका पाँच जना युवाले बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन्। दुई वर्षअघिबाट उनीहरुले २७ लाखको लागतमा व्यवसाय सुरु गरेका हुन्। फार्ममा १३० बङ्गुरका माउ तथा पाठापाठी रहेका छन् । “हालसम्म ७० लाख बराबरको लगानी भएको छ,” फार्म सञ्चालक भीम लुइँटेलले भने – “मासिक दुई लाखसम्म आम्दानी हुने गरेको छ ।” यहाँ[Read More…]

by May 13, 2016 0 comments हरित खबर
डाक्टरी पढाइ छाडेर पशुपालनमा

डाक्टरी पढाइ छाडेर पशुपालनमा

मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन्। एमबिबिएस पढ्नका लागि रसिया पुगेका थापाले डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गरेका छन्। सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दै गरेका थापाले  २१ लाख खर्च गरे। “गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि पढ्न भन्दा नि व्यवसाय गर्ने[Read More…]

by May 13, 2016 0 comments हरित खबर

सामुदायिक वनभित्र पर्यापर्यटन

अब्दुल्लाह मियाँ, वैशाख १७, २०७३- सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक वनहरूमा पर्यापर्यटकीय गतिविधि सञ्चालन गर्न बढावा दिने भएको छ । देशभर करिब १९ हजार सामुदायिक वन छन् । वन विभागका महानिर्देशक रेसमबहादुर डाँगीले वनको हैसियत नबिग्रने, वातावरण र जैविक विविधता थप संरक्षण हुने र स्थानीय उपभोक्ताहरूको मौलिक सामाजिक–सांस्कृतिक मूल्य मान्यतामा बढावा हुने गरी देशै भरका सामुदायिक वनभित्र पर्यापर्टन प्रवद्र्धन कार्यक्रम[Read More…]

by April 29, 2016 0 comments हरित खबर
भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी

भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी

सोलुखुम्बु : गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् । विगतका वर्षहरुमा कात्तिक/मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय व्यापारीलाई अलैँची जिम्मा लगाएका छन् । खेतबारी[Read More…]

by April 29, 2016 0 comments हरित खबर
मोबाइल फोन गोजीमा राख्दा बाँझोपन हुन्छ ? जानौँ केही भ्रम र सत्य

मोबाइल फोन गोजीमा राख्दा बाँझोपन हुन्छ ? जानौँ केही भ्रम र सत्य

अहिले स्मार्टफोन मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढि भेसकेको छ । तरपनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा भ्रान्ति वा गलत बुझाइहरु छन् । यस्ता भ्रान्तिहरुको वास्तविकता नबुझीकन हामीपनि हल्लाको पछि लाग्दछौँ र डराउछौँ । आउनुस् स्मार्टफोनको बारेमा रहेका ७ वटा भ्रम र  वास्तविकता: १. विमानमा यात्रा गर्दा स्मार्टफोन बन्द गर्नैपर्छ[Read More…]

by April 28, 2016 0 comments हरित खबर