कार्तिक ७, २०८१
UNDP तथा China AID को सहयोगमा संचालित “Support to Schools and Communities in Remote Areas for Pandemic Prevention and Green Recovery (SSPP-GR) परियोजना अन्तरगत ग्रामिण विकास केन्द्र नेपाल, रौतहट (RDC Nepal) को सहकार्यमा रौतहट जिल्लाको परोहा नगरपालिकामा श्री राधा कृष्ण प्रा. वि, मोतिपुरका १२१ जना र सर्लाही जिल्लाको कविलासी नगरपालिकामा श्री जनता आधारभुत विद्यालय, कविलासीका ३२८ जना अभिभावकहरुलाई शैक्षिक वातावरण सुधार गरि बालबालिकाको शिक्षामा सुधार गर्न दैनिकिमा प्रयोग हुने सामाग्रीहरु वितरण गरिएको छ । विरतण कार्यक्रममा प्रति परिवार १ थान तिरपाल, १ थान सुधारिएको चुलो, १ थान टर्च लाईट, २ थान कम्बल, २ थान बेड सिट, ४ थान तकियाको खोल, २ थान मच्छर झुल र २ थान म्याट प्रदान गरिएको छ ।
Advertisement
यस परियोजनाको मुख्य उद्देश्य दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुलाई महामारी रोकथाम र हरित पुनःस्थापनाको प्रयासमा शैक्षिका वातावरण सुधार गरि बालबालिकाहरुको शिक्षामा पहुच बढाउनु हो । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा रौतहट र सर्लाहीका २५ विद्यालयलाई बेन्च डेस्क, कप बोर्ड, शौचालय सुधार, आदीको सहयोग र दोस्रो चरणमा १५००० विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा UNDP का कार्यक्रम प्रबन्धक श्री राजेश वर्मा, RDC Nepal का अध्यक्ष श्री पारस हुसैन, परोहा नगरपालिकाका उप-प्रमुख, वडा अध्यक्ष, प्र.अ., विद्यालय व्यवस्थापन समिति, कर्मचारी, बुद्धिजिवि, समाजिक अगुवा, विद्यार्थी, पत्रकार आदिको उपस्थिति रहेको थियो । यसै गरी अब रौतहट र सर्लाही जिल्लामा बाँकी रहेका २३ वटा विद्यालयहरुमा मंसिर सम्म वितरण कार्यक्रम जारी रहने RDC Nepal का कार्यकारी निर्देशक श्री आशिष सिंहले जानकारी दिनु भयो ।
प्रतिक्रिया