जनकपुरधाम । आयुर्वेद पद्धतिको प्रभावकारी प्रयोगद्वारा डा. मनिष सिंहले मरणासन्न अवस्थामा रहेका ५० वर्षीय पुरुषलाई जीवनदान दिनुभएको छ।
दुई महिनादेखि गम्भीर रूपमा बिरामी रहेका उक्त व्यक्तिलाई Allopathic चिकित्सकहरूले Chronic Liver Disease, Kidney Disease, Splenomegaly, Gross Ascites, र Cellulitis भएको पुष्टि गरेका थिए। Allopathic अस्पतालमा महँगो उपचार र डायलिसिसको तयारी भइरहेकै समयमा रोगी आर्थिक अभावका कारण उपचार छोडेर घर फर्कन बाध्य भए।
Advertisement
त्यसपछि, रोगीले जनकपुरधामस्थित समर्पणा आयुर्वेदालयमा आयुर्वेद चिकित्सक डा. मनिष सिंहबाट ३० दिनको उपचार गराए। अत्यन्त कम खर्चमा गरिएको उपचारपछि रोगी पूर्ण रूपमा निको भएका छन्। Kidney र Liver पुनः सामान्य अवस्थामा फर्किएको, Ascites समाप्त भएको, र Cellulitisका कारण भएको घाउ पूर्ण रूपमा निको भएको छ।
डा. सिंहको यो सफलताले आयुर्वेद चिकित्सा प्रणालीको महत्त्वलाई फेरि एकपटक प्रमाणित गरेको छ। कम खर्च र सुलभ तरिकाले गम्भीर अवस्थाका रोगीलाई जीवनदान दिन सकिन्छ भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ।
Advertisement
आयुर्वेद जस्तो मौलिक उपचार पद्धतिको प्रभावकारी प्रयोगले नेपालमा स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन सकिन्छ भन्ने विश्वास यस घटनाले थप बलियो बनाएको छ।
प्रतिक्रिया