रौतहट जिल्ला काे ईशनाथ नगरपालिका नगर प्रमुख श्रीमती कौशल्या देवी जी आज ईशनाथ नगरपालिका वडा नं-२ मा जहरिमाई तरकारी उत्पादक समूह को तेश्रो वार्षिक साधारण सभा र मुस्कान कृषि युवती व्यवसायिक समूह को प्रथम वार्षिक साधारण सभा मा सहभागि हुन भएकाे थियाे

मुस्कान कृषि युवती व्यवसायिक समुह ले आज तेस्रो वार्षिक साधारण सभाबाट आगामी आर्थिक वर्षको लागी निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषि र कृषक का लागी प्रतिबद्ध रही कृषि क्षेत्रमा गरीब ,विपन्न,महिला तथा कृषि मैं आधारित रही आफ्नो जिविका चलाउने कृषक हरुका लागी अहोरात्र खटदै कृषक हरुको लागी मुस्कान कृषि युवती व्यवसायिक समुह ईशनाथले विगत देखि फलदायी निति तथा कार्यक्रम लिएर आईरहेको छ । आर्थिक वर्ष२०७९/८० का लागी आफ्नो लक्ष्य सार्वजनिक गरेको यस समुहले
नगरपालिका,वडाकार्यालय,जिल्ला कृषक समन्वय समिति सहित विभिन्न सरोकारवाला तथा संस्थाहरुको सहयोगमा जनचेतनामुलक,घरदैलो तथा तालिम दिने कार्यक्रम रहेको छ । कृषि क्षेत्र मा विगत देखी फिरा रोग बाट कृषक हरुको धेरै फसल बिगरेको कारणले यस पल्ट कृषक हरुलाई किटनाषक औषधी तालिम अंतर्गत फिरा रोग सम्बन्धी तालिम दिईने योजनामा रहेको छ ।कृषि खेती का लागी माटो को गुणस्तर परिक्षण गर्ने तालिम दिने लगायत तरकारी विउ बिजन र रसायनिक मल बिक्री डिपो को व्यवस्थापन गर्ने लक्ष्य लिएको समुहले यसको कार्यन्वयन का लागी नगरपालिका सँग सहयोग लिने तथा संचालनमा रहेको मल डिपो सँग समन्वय गर्नेछ । यसका साथै कृषि क्षेत्रमा महिला को सहभागिता तथा महिलाहरुको आयआर्जन का लागी सामुहिक तरकारी खेती मार्फ़त रोजगार सिर्जना गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।
यस कार्यक्रममा विशिष्ट अतिथि रौतहट संसदिय क्षेत्र २(क) का प्रदेश सांसद नागेंद्र प्रसाद कुशवाहा सहित अतिथि ईशनाथ नगरपालिका का नगरप्रमुख कौशल्या देवी सिंन्हा , ईशनाथ नपा वडा नं-२ को अध्यक्ष धर्मेन्द्र साह वडा नं-६ को वडा अध्यक्ष जवाहिर साह लगायत वडाध्यक्ष वडासदस्य तथा सर्वसाधारण को उपस्थिति रहेको थियो ।cp

Leave a Reply

Your email address will not be published.