रौतहट जिल्ला काे ईशनाथ नगरपालिका मा भब्य रुपमा संविधान दिवस मनाइयो संविधान दिवस को शुभ अवसरमा आज ईशनाथ नगर पालिका का जन प्रतिनिधी हरु ईशनाथ महादेव मन्दिर मा सरसफाइ गरी संविधान दिवस कर्यक्रम भब्य रुपमा मनाउनु भएको छ|
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाउँदै छौं । सर्वप्रथम, यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो । संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ|। नगर प्रमुख
श्रीमती कौशल्या देवी
ईशनाथ नगरपालिका

Leave a Reply

Your email address will not be published.