1. ग्रामिण बिकाश केन्द्र नेपालको वित्तीय साक्षरता तालिम सम्पन्न
    ग्रामिण बिकाश केन्द्र नेपाल र ईस्लामिक रिलिफ नेपालको को संयुक्त साझेदारीमा संचालित रौतहट सामाजिक आर्थिक सुधार परियोजना अन्तर्गत इशनाथ र परोहा नगरपालिकामा रहेका ६० जना कृषक र व्यापार समुहको लाभ्ग्रहिहरुलाई वित्तीय साक्षरता सम्बन्धी ३ दिने तालिम दिइयो
    यस तालिममा वित्तीय साक्षरताको परिचय, आम्दानी, खर्चको पहिचान, बचत नै सम्पन्नताको आधार, ऋण र यसको प्रयोग, ग्राहकहरुमाथि हुने शोषण, पारिवारिक बजेट तथा व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरुको विषयमा छलफल गरियो ।
    सो तालिममा ग्रामिण बिकाश केन्द्र नेपालका अध्यक्ष पारश हुसैन,कोषाअध्यक्ष कुमारी ममता झा, सचिव प्रेमशंकर यादव, सदस्य बच्चु मिया र कार्यक्रम संयोजक आशिष कुमार सिंह उपस्थिति थियो ।
    तालिममा अनुगमनका लागि आउनुभएका ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झा लाभग्राहीहरु सँग तालिम बारे जानकारी लिनु भयो र पालिका स्थारिये योजना समेत जानकारी गराई, यस सम्बन्धमा नगरपालिका बाट आवश्यकता परेमा सधैँ तयार रहने छ भन्ने कुरा जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published.