ग्रीन खबर २०७९/०९/०१

रौतहट जिल्ला काे ईशनाथ नगरपालिका नगर प्रमुख श्रीमती कौशल्या देवी जी र उप प्रमुख मो. परवेज जी को अध्यक्षता मा आज बसेको कार्यपालिका बैठक ले गरीब तथा विपन्न वर्ग का सदस्य हरू को मृत्यु पश्चात वडा काे सिफारिश अनुसार न.पा बाट १५००० रू क्रियाक्रम खर्च काे लागि उपलब्ध गराउने निर्णय भएको छ|नगर प्रमुख श्रीमती कौशल्या देवी जी को विशेष पहल मा आज बसेको बैठकले सो निर्णय गरेको छ|नगर वासी हरु को लागी आफु सक्दो सम्म सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख श्रीमती कौशल्या देवी जी ले बताउनु भयोकाे छ|नगर र जनता हरु को विकाश नै आफ्नो मूल एजेण्डा रहेको वहाँ बताउनु भएको छ|नगर प्रमुख श्रीमती कौशल्या देवी जी को यो स्वागतयोग्य निर्णय ले सम्पूर्ण नगरवासी हरु हर्षित भएका छन|नगर वासी हरु को चाहना अनुसार नै आफु विकाश काे कार्य गर्दै जाने वहाँ ले बताउनु भएको छ|

Leave a Reply

Your email address will not be published.