ग्रामिण विकास केन्द्र नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलद्रारा राहत वितरण

रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाको वार्ड ८ का बाढी प्रभावितहरुलाई राहत वितरण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल (आर.डी.सी.) नेपालको सहकार्यमा माधवनारायण न.पा. को वार्ड नं. ८ को १२१ बाढी प्रभावित परिवारलाई त्रिपाल, डोरी, कम्बल, म्याट, झुल र सोलार लाईट सहितको सामाग्रीहरु वितरण गरिएको छ ।

उक्त कार्यक्रम माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ यादवको उपस्थितिमा गरियो । सोही कार्यक्रममा वडा न. ८ का वडा अध्यक्ष योगेन्द्र महतो, आर.डि.सी. नेपालका अध्यक्ष पारस हुसैन, उपाध्यक्ष ममता झा, वर्ल्ड भिजन इन्टरनेशनलका प्रमिल अधिकारी, बाला कृष्ण खडका, कार्यक्रम प्रबन्धक संतोष पहारी, तारा बाहादुर श्रेष्ठ, कुन्दन कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च