१४ दिनपछि एकतर्फी खुल्यो बीपी राजमार्ग

५ असोज, काभ्रे । केन्द्रीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।

Advertisement

यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्‍याएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो । त्यसका लागि नेपाली सेना सहितका सुरक्षाकर्मी, भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागका प्राविधिक कर्मचारी तथा स्थानीय पालिकाहरुले अग्रसरता लिएका थिए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलाइएको छ । कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ।

Advertisement

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ । दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सुविधा हुने विश्वास छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्ग निर्माण गरी २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च