सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ संसदमा प्रस्तुत गरेको छ ।नेपाली कांग्रेसको विरोधका बीच सरकारले चालु आर्थिक वर्ष (आव) को अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेको हो ।
सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको संकुचनबीच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले बताए ।
Advertisement
उनले चालु आवमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको उनले बताए ।प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने उनले बताए । फागुनसम्म मुद्रास्फीति ६.०८ प्रतिशत रहेको उनको भनाइ छ ।
प्रतिक्रिया