संकटासन्नाता तथा जोखिम विश्लेषण सम्बन्धि ४ दिने तालिम सम्पन्न

रौतहट, चन्द्रपुर । असोज ११

अक्सफाम नेपालको आर्थिक सहयोगमा ग्रामिण विकास केन्द्र (आर.डी.सी.) नेपालद्वारा संचालित नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा पैरवी परियोजना अन्तर्गत रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा  जोखिम विश्लेषणका औजार प्रयोग सम्बन्धी चारदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

Advertisement

संकटासन्नाता तथा जोखिम विश्लेषणका औजारहरु प्रयोग गरि जलवायु तथा विपत व्यवस्थापन योजना निर्माण गर्ने उद्धेश्यका साथ असोज ८ गते देखि ११ गते सम्म यो तालिम आयोजना गरिएको थियो । यस तालिममा परियोजनाका कर्मचारी, सहजकर्ता, परियोजनाद्वारा संचालन गरिएका संवाद केन्द्रका पदाधिकारीहरु लगायत चंद्रपुर नगरपालिका, वडा नं. १ र २ का अगुवा व्यक्तित्वहरु गरि जम्मा २९ जनाको सक्रिय सहभागिता रहेको कुरा कार्यक्रम संयोजक चिरन्जीवी महतोले जनाएका थिए ।

ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनको अध्यक्षतामा तालिम उद्घाटन गरिएको थियो जहाँ संस्थाका कार्यकारी निर्देशक आशिष कुमार सिंहले संस्थाको पृष्ठभूमिवारे सहभागीलाई जानकारी गराएका थिए भने अक्सफाम नेपालका प्राविधिक संयोजक बिबेक कार्कीले कार्यक्रमको उद्धेश्य वारे प्रस्ट पारेका थिए ।

Advertisement

२० औं वर्षको अनुभवि प्रशिक्षक केशव दत्त भट्टद्वारा प्रशिक्षण गरिएको यस तालिममा सहभागीहरुले सक्रिय सहभागिता जनाएका थिए । विभिन्न खेल, क्रियाकलाप तथा फिल्ड भ्रमणद्वारा प्रशिक्षण गरिएको यो तालिम अत्यन्तै प्रभावकारी रहेको थियो । चार दिनको यस तालिम पश्चात सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरि तालिम सम्पन्न गरिएको थियो ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च